रसुवा बाढीमा कम्तीमा ७८१ जनाको मृत्यु, २ हजार ५०२ सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या ७८१ जना पुगेको छ भने २ हजार ५०२ जना मानिस सम्पर्कविहीन भएका छन्।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९९, नवलपरासी पश्चिममा १००, तनहुँमा ३७ र चितवनमा २७२ शव फेला परेका हुन्।
सम्पर्कविहीन हुनेमा हाइड्रोपावरका ९३३ जना, मकवानपुरका ६५ जना, विदेशी नागरिक ५९२ जना, विदेशी पर्यटकसँगै घुम्न गएका १२७ नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जका ३, क्वारेन्टाइन कार्यालयका ३, नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४, रसुवाका ५६२ जना र नुवाकोटका ११५ जना छन्।
बाढीले १९८ वटा टेलिफोन टावरमा क्षति पुर्याएकोमा मर्मतपछि १४५ वटा सञ्चालनमा आएका छन् भने बाढी मापनका लागि गल्छीमा एउटा उपकरण जडान गरिएको छ। हालसम्म कुल ९ हजार ४३५ जनाको उद्धार गरिएकोमा १५६ जना उपचारपश्चात डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा २० हजार ६१८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।









