सोमबार राताम्यमा समेत यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता
१५ भाद्र २०८३, सोमबार १५:००

काठमाडौँ । शेयर बजार राताम्य बनेको छ । पछिल्ला केही महिनादेखि सुस्त गतिमा अघि बढिरहेको नेपाली शेयर बजारमा रसुवामा आएको विनाशकारी बाढीले थप दबाब सिर्जना गरेको हो ।
लगानीकर्ता हाइड्रोपावर निर्जीवन बीमा कम्पनीको शेयर बिक्री गरेर बाहिरिरहेका छन् । जसले गर्दा कारोबार रकम समेत खुम्चि रहेको हो । आज साढे ३ अर्बमा कारोबार खुम्चिएको छ ।
आज शिभम सिमेन्टको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । साथै, सर्वोत्तम पेन्ट््स, चिलिमे हाइड्रोपावर, रिलायन्स मिल्स र एसवाई प्यानलको शेयर सर्वाधिक किनबेच भएको हो ।










