भारी गिरावटमा समेत यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

१५ भाद्र २०८३, सोमबार १५:१६

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३.८९ अकंले घटेर २५१३.४२ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको ९३ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँको कारोबार भएको हो ।

सोमबार २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २५३ कम्पनीको घटेको छ । ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज उपकार लघुवित्तको १३.१६ प्रतिशत, घोराही सिमेन्टको ७.५७ प्रतिशत, एनआईसी एशिया डिबेन्चर २०९१ को ६.०१ प्रतिशत, पाल्पा सिमेन्टको ४.०३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*