शिवम् होल्डिङ्सको साधारण सभा सम्पन्न, लाभांशसहित १ करोड कित्ता आईपीओ प्रस्ताव पारित

काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिड.ग्स लिमिटेडले आर्थिक वषए २०८२।०८३ को बार्षिक साधारण सभा कम्पनीका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा काठमाडौंमा सम्पन्न गरेको छ ।
उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले सभा समक्ष प्रस्तुत गरेको कम्पनीको बार्षिक प्रगति प्रतिवेदन सहितका सबै प्रस्तावहरु पारित भएको हो । मूख्यतः बार्षिक साधारण सभाबाट कम्पनीका हाल कायम शेयरधनीहरुलाई ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने, आगामी ४ बर्षे कार्यकालका लागि ३ जना संचालकहरुको निर्वाचन गरी शिवरतन शारडाको अध्यक्षतामा सुशिल गुप्ता, नन्दिनी मारु संचालक सदस्य र चार्टड एकाउण्टेण्ट प्रदीप राज उपाध्याय स्वतन्त्र सञ्चालक रहेको संचालक समिति गठन गरी कम्पनी सञ्चालक समितिलाई कम्पनी सञ्चालकको अख्तियारी समेत प्रदान गरेको छ ।
त्यसै गरी कम्पनीको आ. व. २०८२।०८३ को वित्तिय विवरण पारित गरी आ. व. २०८३।०८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने कम्पनीको जारी पूँजी ५ अर्ब ८० करोडको २० प्रतिशतले हुन आउने १ करोड १६ लाख कित्ता शेयरहरु सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने छ । स्वीकृतिको लागि यस अघि श्री नेपाल धितोपत्र वोर्ड समक्ष पेश गरेको विवरण पत्रको संशोधन, परिमार्जन गरी अद्यावधिक विवरण सहितको कागजातहरु समेत नेपाल धितोपत्र वोर्ड समक्ष पेश गर्ने व्यवस्था मिलाउने समेतका निर्णयहरु सर्वसम्मतीले पारित गरेको हो ।









