छोरीको उज्ज्वल भविष्यका लागि आमाले गराइन् आइएमई लाइफमा १८ लाखको जीवन बीमा

काठमाडौँ । इटहरी–३, सुनसरी निवासी सुनिता बान्तवा राईले आफ्नी नानी निसुमा तामाङ्गको उज्ज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यले जीवन बीमा गराएकी छन्। निसुमा तामाङ्गका लागि आइएमई लाइफ इन्स्योरेन्स अन्तर्गतको बाल उज्ज्वल जीवन बीमा योजनामा २० वर्ष अवधिको बीमा गरिएको हो। यस योजनाअन्तर्गत बीमाङ्क रकम १८ लाख रुपैयाँ रहेको छ भने बीमाको भुक्तानी अवधि भने ५ वर्ष मात्र रहेको छ।
उक्त बीमाका लागि वार्षिक बीमाशुल्क २ लाख २७ हजार १४६ रुपैयाँ निर्धारण गरिएको छ। निसुमा तामाङ्गको जन्ममिति २०८१ साल भदौ १६ गते रहेको छ।
छोरीको जन्मसँगै भविष्यका आवश्यकता र आर्थिक सुरक्षालाई ध्यानमा राख्दै आमाले गरेको यो बीमा सन्तानप्रतिको माया, जिम्मेवारी र दूरदर्शिताको उदाहरणका रूपमा हेरिएको छ। सानै उमेरदेखि बीमामार्फत आर्थिक योजना बनाउँदा भविष्यमा आइपर्न सक्ने शिक्षा, स्वास्थ्य तथा अन्य आवश्यकताका लागि आर्थिक आधार तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।









