पाकिस्तानका प्रधानमन्त्रीले टेलिफोनमार्फत दिए समवेदना, राहत पठाउँदै

काठमाडौं । नेपालको रसुवामा गएको भिषण बाढी पहिरोबारे मित्र राष्ट्र पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले र नेपाली समकक्षी बालेन्द्र शाहलाई आज अपरान्ह टेलिफोनमार्फत समवेदना व्यक्त गरेका छन् ।
टेलिफोन संवादमा पाकिस्तानी प्रधानमन्त्री सरिफले आपतकालिन सहायता काठमाडौं पठाएको जानकारी गराएका छन् । आज प्रधानमन्त्री सरिफले ट्वीटमा लेखेका छन्, ‘हालै आएको बाढी र पहिरोबाट भएको बहुमूल्य जीवनको दुःखद क्षति र व्यापक बिनासप्रति हार्दिक समवेदना व्यक्त गर्न मैले आज दिउँसो नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग कुरा गरेँ । यस कठिन घडीमा पाकिस्तान नेपाल सरकार जनतासँग पूर्ण ऐक्यबद्धताका साथ उभिएको छ । मैले प्रधानमन्त्री शाहलाई हाम्रो पूर्ण समर्थन र आश्वासन दिएँ साथै जारी राहत प्रयासमा योगदान पुर्याउन पाकिस्तानले आपतकालिन राहत साहायता पठाइरहेको जानकारी गराएको छ ।’
पाकिस्तानी प्रधानमन्त्री इरान अमेरिकाबीचको द्वन्द न्यूनिकरणको वार्ता प्रयासमा व्यस्त रहँदा समेत नेपालमा राहत सामग्री पठाएर मानवीय सहयोगमा उदार देखिएका छन् ।









