उद्धार कोषमा रकम पठाउँदा सावधान रहन राष्ट्र बैंकको ७ बुँदे निर्देशन

१५ भाद्र २०८३, सोमबार १६:४९

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली क्यूआर कोड तथा नक्कली बैंक खाता विवरण प्रयोग गरी अनधिकृत रूपमा रकम संकलन तथा ठगी भइरहेको भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

रकम जम्मा गर्नुअघि आधिकारिक बैंक खाता विवरण र क्यूआर कोड यकिन गर्न तथा सामाजिक सञ्जाल, ईमेल र मेसेजिङ एपमार्फत फैलिएका अनधिकृत विवरण प्रयोग नगर्न राष्ट्र बैंकले आग्रह गरेको हो।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले कोषमा योगदान गर्दा ७ बुँदे निर्देशन पालना गर्न आग्रह गरेको छ।

(क) खाताको नाम अनिवार्य यकिन गर्ने मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएस वा कुनै पनि माध्यमबाट रकम ट्रान्सफर गर्दा खाताको नाम “Prime Minister Disaster Relief Fund” रहेको यकिन गर्ने ।

(ख) रकम यकिन गर्ने आफुले योगदान गर्न चाहेको रकम प्रविष्टि गर्दा ध्यान दिने र सो को पुनः यकिन गर्ने ।

(ग) आधिकारिक स्रोतबाट मात्र खाता विवरण लिने यस बैंकको वेबसाईटमा वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयको वेबसाइटमा उल्लेखित आधिकारिक बैंक खाता विवरण मात्र प्रयोग गर्ने ।

(घ) अनधिकृत क्यूबार कोड स्क्यान नगर्ने सामाजिक सञ्जाल, ईमेल तथा Messaging App मा फैलिएका अनधिकृत क्यूआर कोड स्क्यान नगर्ने ।

(ङ) ओटिपी, पिन वा पासवर्ड कसैलाई नदिने सहयोग रकम पठाउन सहयोग गर्ने बहानामा कसैले मागेमा OTP PIN, Password जस्ता संवेदनशील व्यक्तिगत विवरण कसैलाई नदिने ।

(च) आधिकारिक application को प्रयोग गर्ने ।

(ख) ठगीमा परेको लागेमा जानकारी दिने आफु ठगीमा परेको लागेमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था / भुक्तानी सेवा प्रदायक संस्था, नेपाल प्रहरीको साइबर ब्युरो वा यस बैंकको वित्तीय ग्राहक संरक्षण इकाईमा जानकारी गराउने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*