रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ९३९ नाघ्यो, ३ हजार ९२५ बेपत्ता

१६ भाद्र २०८३, मंगलवार ०७:२७

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या ९३९ नाघेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ९३९ जनाको शव फेला परेको हो।

त्यसैगरी बाढीका कारण ३ हजार ९२५ जना सम्पर्कविहीन हुँदा खोज तथा उद्धार कार्यका लागि २१ हजार ८ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जानकारी दिएको छ।

हालसम्म ११ हजार ३७९ जनालाई उद्धार गरिएको प्राधिकरणले जनाएको छ। जसमध्ये ३ हजार ४०४ जना नेपाली र २५३ जना विदेशीलाई सेनाद्वारा हवाई उद्धार गरिएको छ। नेपाली सेनाले हालसम्म ४९९ पटक उडान भरेको छ भने निजी क्षेत्रबाट काठमाडौंबाट २९ वटा उडान भएका छन्।

प्रभावित क्षेत्रमा हाल ४५ हजार लिटर डिजेल, २० हजार लिटर पेट्रोल र ९ हजार लिटर हवाइ इन्धन मौज्दात रहेको पनि प्राधिकरणले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*