दर्जनबढी इरानीको मृत्युपछि तेहरान आगो, मध्यपूर्वबाट अमेरिकी सेना लखेट्ने शंखघोष

१७ भाद्र २०८३, बुधबार १०:३०

एजेन्सीहरु, १७ भदौ ।
इरानको दक्षिणी सीमावर्ती तथा तटीय क्षेत्रहरूमा अमेरिकी सेनाले गरेको पछिल्लो हवाई आक्रमणको प्रतिकार गर्दै इरानी सशस्त्र बलले मध्यपूर्वस्थित अमेरिकी सैन्य अख्डाहरूलाई लक्षित गरी व्यापक मिसाइल तथा ड्रोन प्रहार सुरु गरेको छ । गएराति अमेरिकाले चार घण्टा भन्दा लामो हवाई हमलामा दर्जन बढी इरानीहरु मारिएका छन् ।

आफ्ना नागरिकको मृत्युको प्रत्येक थोपा रगतको बदला दिने प्रतिबद्धता जनाएको इरानी सर्वोच्च नेता मोज्ताबा खामेनीले कडा प्रतिक्रिया दिएका छन् । साथै इरानी सेनाको जनरल स्टाफ चिफ अफले आधिकारिक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमको “विनाशकारी र भारी मूल्य“ चुकाउनुपर्ने चेतावनी दिएको छ ।

आजै विहानमात्रै अब इरानी हमला अमेरिकी सेनाहरु मध्यपूर्वबाट लेखेटिने अवस्थासम्म जारी रहेको जनाएको इरानले प्रत्याक्रमण कस्तो, कति आकारको र कुन कुन देशमाथि रहेका अमेरिकी सैन्य अखडामा गर्नेछ भन्ने एकिन भइसकेको छैन । इरानी सरकारी समाचार एजेन्सी तास्निमका अनुसार अमेरिकी सेन्ट्रल कमान्डले इरानको सिस्तान–बलुचिस्तान र होर्मोजगान प्रान्तका सैन्य तथा पूर्वाधार क्षेत्रहरूमा आक्रमण गरेपछि इरानले कडा जवाफी कारबाही थालेको हो ।

इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले मध्यपूर्वका विभिन्न देशहरूमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई लक्षित गरी बलिस्टिक मिसाइल र आत्मघाती ड्रोनमार्फत हमला गरेको दाबी गरेको छ । जोर्डनस्थित अमेरिकी म्यारिन सैन्य अख्डा ’क्याम्प टिटिन’ र किङ हुसेन एयर बेसलाई लक्षित गरी मिसाइल प्रहार गरिएको छ, जसबाट अमेरिकी सैन्य पूर्वाधार तथा हेलिकप्टरहरूमा क्षति पुगेको बताइएको छ ।

उता, पर्सियन गल्फ क्षेत्रमा अमेरिकी नौसेनाको प्रमुख पूर्वाधार मानिने बहराइनको ‘शेख इसा एयर बेस’ मा ड्रोन आक्रमण गरिएको छ । त्यस्तै, इराक इराकको अर्बिलस्थित अमेरिकी सैन्य परिसर, इन्धन भण्डार र प्राविधिक केन्द्रहरूमा मिसाइल तथा ड्रोन प्रहार भएको छ ।

मध्यपूर्वको कुवेत कुवेतमा रहेका अमेरिकी सैन्य सुविधाहरू नजिक इरानी ड्रोन मुभमेन्ट भएपछि एयर डिफेन्स सिस्टम सक्रिय पारिएको छ । कुवेतमा ठूलो संख्यामा नेपालीहरु पनि बसोबास भएको देश हो । इरानले सर्वसाधारण आवासीय क्षेत्रमा नभई अमेरिकी सैनिकहरु बेस बनाएको बसेको क्षेत्रमा आक्रमण गरेको हो ।

इरानी सैन्य नेतृत्वले अबको कारबाही सामयिक प्रतिशोध मात्र नभई मध्यपूर्व क्षेत्रबाट अमेरिकी सैन्य उपस्थिति पूर्ण रूपमा हटाउने दीर्घकालीन रणनीति अन्तर्गत रहेको जनाएको छ । आक्रमणपछि रणनीतिक रूपमा संवेदनशील हर्मुज जलडमरू क्षेत्रमा इरानी नौसेनाले उच्च सतर्कता अपनाएको छ भने समग्र मध्यपूर्वमा अमेरिकी र इरानी फौजबीचको मुठभेड तीव्र बनेको छ ।

इरानले सम्भावित अमेरिकी स्थल सैनिक आफ्नो जल क्षेत्रमा प्रवेश गर्न सक्ने लक्ष्यलाई समेत कडा निगरानी गरिरहेको जनाएको छ । सो जल क्षेत्र लामो समयदेखि पूर्ण रुपमा अबरुद्ध हुँदा विश्व बजारमा इन्धनको मूल्य आकासिएको छ । इरान र अमेरिकी युद्धका कारण विश्वभर आर्थिक बृद्धि खुम्चिएको, बेरोजगारी बढिरहेको छ । नेपालमा पनि इन्धनको मूल्यबृद्धिका कारण अर्थतन्त्रमा सुस्तता आइरहेको छ ।

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसले होर्मुजको जलडमरु पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएको दावी गर्दै इरानी अर्थतन्त्र तहसनहस भएको प्रतिक्रिया सामाजिक सञ्जालमार्फत दिएका छन् ।

पछिल्लो अद्यावधिक सूचना अनुसार मध्यपूर्वका अबका केही दिन भिषण युद्ध हुनसक्ने र त्यसबाट नेपालीहरु समेत प्रभावित हुनसक्ने देखिएको छ । मध्यपूर्वमा करिब २० लाख नेपालीहरु कार्यरत रहेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*