नागढुंगामा सडक भासियो, काठमाडौं आउने–जाने बाटो प्रभावित

१७ भाद्र २०८३, बुधबार ११:४८

काठमाडौं । काठमाडौं आउने मुख्य सडकखण्ड नागढुंगा पातले वनमा सडक भासिएपछि आवागमन प्रभावित भएको छ । सडकको पर्खाल पुरानो भएका कारण सडक भासिएको बताइएको छ ।

सडक भासिएपछि मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका सवारी र दुईपाङ्ग्रे सवारीबाहेक अन्य सवारी साधनका लागि नागढुंगा सुरुङमार्ग खुला गरिएको छ ।

हाल पेट्रोलियम पदार्थ बोकेका सवारी साधन र मोटरसाइकललाई भने सडक भासिएको सोही स्थानबाट एकतर्फी रूपमा आवतजावत गर्ने व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ ।

सडक विभागका अनुसार सडक भासिएको स्थानमा प्राविधिक अध्ययन गरेपछि मात्रै मर्मतको काम अघि बढाइनेछ । प्राविधिक अध्ययन र आवश्यक मर्मतपछि सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको विभागले जनाएको छ ।

सडक भासिएपछि जोखिमलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थ बोकेका सवारी साधन र मोटरसाइकललाई सोही रुटबाट एकतर्फी आवतजावतको व्यवस्था गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*