लाभांश पारित गर्न आइसिएफसी फाइनान्सले बोलायो साधारणसभा

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले असोज १३ गते मंगलबार काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा बिहान १० बजे साधारणसभा बस्ने निर्णय गरेको हो।
उक्त सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नेछ। त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू पनि पारित गर्नेछ।
चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको सेवा सुविधा थप गर्ने र सो अनुरुप संस्थाको नियमावली संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ५ गते एक दिनका लागि बूक क्लोज गर्ने निर्णय गरेको छ। बूक क्लोजको आधारमा असोज २ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरू साधारणसभा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।









