रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २९० पुग्यो
१९ भाद्र २०८३, शुक्रबार ०९:०२

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १ हजार २९० जनाले ज्यान गुमाएका छन्। प्रहरीका अनुसार आज भदौ १९ गते बिहानसम्म उक्त संख्यामा शव फेला परेको हो।
ज्यान गुमाउनेमध्ये ५३२ जनाको आंशिक अंग, ४२७ जना पुरुष, २५० जना महिला, ४५ जना बालक र ३५ जना बालिका छन् भने २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
त्यस्तै फेला परेका र पहिचान हुन नसकेका ९२६ वटा शव जमिनमुनि गाढेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। हालसम्म १ हजार १४३ वटा शव र ७१९ जना मृतकका आफन्तको डिएनए संकलन भएको छ। हालसम्म जम्मा ४ हजार ७९८ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।









