विद्यालयमै शिक्षकको गोली हानी हत्या, भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौँ । संखुवासभा मकालु गाउँपालिका ०१ स्थित शिक्षक माथि भरुवा बन्दुक प्रहार हुँदा मृत अवस्थामा फेला परेका छन् ।
बिहिबार करिब ७ः०० बजे मकालु गाउँपालिका –०१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा जिल्ला संखुवासभा सिलिचोङ गाउँपालिका –०५ याफु घर भई सोही विद्यालयमा बस्दै आएका अन्दाजी ३६ वर्षीय शिक्षक नर कुबिर खम्बु राई खाना खाइसकेपछि भाँडा धुन विद्यालयबाहिर निस्किएका थिए।
सो क्रममा अचानक बन्दुक पड्किएजस्तो आवाज आएपछि सोही विद्यालयमा बस्ने शिक्षिका टिकामाया राई बाहिर निस्केर हेर्दा नर कुबिर खम्बु राई ढलेको र शरीरबाट रगत बगिरहेको अवस्थामा फेला पारेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको पछाडिको भागमा भरुवा बन्दुकले लागेको चोट फेला पारी घटनाको थप अनुसन्धानको क्रममा शुक्रबार बिहान करिब ११ बजे जिल्ला संखुवासभा, मकालु गाउँपालिका –०१ सिउँडीबारी बस्ने अन्दाजी ३३ वर्षीय पत्न कुलुङ राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुक सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
तस्बिरः नेपाल प्रहरी









