गरिमा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
१९ भाद्र २०८३, शुक्रबार १६:२४

काठमाडौँ । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ६ अर्ब दुई करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँको करसहित १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२।८३ को कायम रहेको सञ्चित मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिने जनाएको छ ।









