१३४४ जनाको शव भेटियो, ४८९८ जना अझै बेपत्ता

२० भाद्र २०८३, शनिबार ०९:२३

काठमाडौं । यही भदौं १० गते रसुवास्थित भोटेकोशीमा आएको बिनाशकारी बाढीले बगाएहरु मध्ये १३४४ जनाको शव भेटिएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाँकी चार हजार ८९८ जना भने अझै बेपत्ता छन् ।

विहानै ८ः४५ बजे रसुवागढी नाका हुँदै बितण्डा मच्चाएको बाढीले उसले भेटेजति सबैलाई बगाएर भारतसम्म पुर्याएको छ । सो क्रममा रसुवा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी समेतका जिल्लामा गरी एक हजार ३४४ वटा शव भेटिएको हो । भेटिएका शवहरु समेत सनाखत भएका छैनन् । सरकारले डिएनए संकलन गरी सुरक्षित स्थानमा गाडेर राखेको छ ।

प्रहरीको तथ्याङ्क अनुसार हालसम्म फेला परेका शवहरूमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन् । अन्य ५०१ वटा शवका आंशिक अङ्गहरू फेला परेका छन्, जसको पहिचान हुन बाँकी छ ।

बाढीमा परेर बेपत्ता हुनेहरुको अवस्था अत्तोपत्तो छैन । हालसम्मको तथ्याङ्क अनुसार बेपत्ता ६१८ जना विदेशी नागरिक रहेका छन् । नेपाली बेपत्ताहरूमा २,४४८ पुरुष र ४८२ महिला रहेका छन् । १,३५० जनाको बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ । यद्यपि यसको आधिकारिक तथ्याङ्क अझै संकलन भइसकेको छैन । प्रभावित स्थानमा सूचना पूर्वाधारको कमी, सिंगो बस्ती बगाएकोले के कति क्षति भयो भनेर अहिले ने भन्ने अवस्था छैन ।

फेला परेका शवहरूमध्ये १,०३० वटाको जमिनमा गाडेर व्यवस्थापन गरिएको र आफन्तको पहिचान भएपश्चात जिम्मा लगाइने जनाइएको छ । हालसम्म १,२६० मृतक र ९७२ मृतकका आफन्त गरी कुल २,२३२ जनाको डिएनए नमुना संकलन गरिएको छ । पहिचान हुन नसकेका १,२७० जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*