भोटेकोशी बाढीपीडितको पुनर्स्थापनामा जुट्दै सरकारी निकाय र साझेदार संस्था

३० भाद्र २०८३, मंगलवार १६:५१

काठमाडौँ । विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्यमञ्चको आज बसेको बैठकमा रसुवा भोटेकोशी बाढीबाट प्रभावितहरुको तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माण सम्बन्धमा वृहत छलफल भएको छ।

कार्यमञ्चका सदस्य साझेदार संस्थाका प्रतिनिधिहरुले खोज, उद्धार तथा राहतमा हालसम्म पुर्याएको सहयोग एवं तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणमा आ(आफ्नो निकायले पुर्याउने सक्ने सहयोगका बारेमा जानकारी गराएका थिए।

मञ्चका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले सबै साझेदार संस्थालाई प्राधिकरणको विस्तारित अंगका रुपमा काम गर्न आग्रह गरे ।

बैठकमा भोटेकोशी बाढीपछिको खोज, उद्धार एवं राहतको हालसम्मको अवस्थाको बारेमा प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी गराए । बैठकमा विपद्सँग सम्बन्धित मन्त्रालय, विभाग एवं सुरक्षा निकायका विपद् व्यवस्थापन क्षेत्र हेर्ने उच्च अधिकारीहरुको पनि उपस्थिति थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*