इयुसँग नजिक हुँदै क्यानाडा, कडा करद्वारा दण्डित गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

४ आश्विन २०८३, आईतवार १७:५८

एजेन्सीहरु । क्यानाडा युरोपसँग नजिकिँदै गएपछि अमेरिका आक्रोसित बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई युरोपेली संघ (ईयू) को ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव अघि बढाइएमा युरोपमाथि भारी व्यापारिक कर लगाएर दण्डित गर्ने चेतावनी दिएका छन्।

बुधबार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले क्यानडालाई ईयूको सहयोगी सदस्य बनाउने अवधारणालाई ‘हास्यास्पद’ को संज्ञा दिएको दि गार्डियनले जनाएको छ ।
अमेरिका र क्यानडाबीच व्यापारिक तनाव बढिरहेका बेला ट्रम्पले क्यानडासँगको विद्यमान व्यापार सम्बन्धप्रति समेत असन्तुष्टि व्यक्त गर्दै करको डण्डा अघि सारेका छन् । युक्रेन इयुको सदस्य बन्न खोजेकै कारण रसियाले सैन्य आक्रमण गरेको घटनालाई सम्झाउने गरी क्यानाडा युरोपको सम्बन्धमा अमेरिकाले प्रतिक्रिया दिएको बिषयले विश्व राजनीति झस्किएको छ ।

क्यानडा र ईयूबीचको सम्बन्ध विस्तारलाई अमेरिकाविरुद्धको ‘शत्रुतापूर्ण कदम’ को रूपमा हेरिने भन्दै उनले युरोपेली सामानमा कडा महशुल लगाउने वा केही क्षेत्रमा व्यापार नै ठप्प पार्न सक्ने चेतावनी दिए।
‘खराब नियत भए युरोपसँग व्यापार रोक्न सक्छौँ’ समाचारमा भनिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भने, ‘यदि यो राम्रो नियतले गरिएको हो भने ठीकै छ, तर यदि नियत खराब हो भने हामी युरोपमाथि निकै भारी कर लगाउनेछौँ र धेरै क्षेत्रमा व्यापार रोक्न पनि सक्छौँ ।’
ट्रम्पको यो कडा प्रतिक्रिया युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले क्यानडासँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रस्ताव अघि सारेपछि आएको प्रष्टिकरण दिएकी छिन्। भोन डेर लेयनले बुधबार युरोपेली संसदमा आफ्नो वार्षिक सम्बोधनका क्रममा क्यानडालाई ईयूको इतिहासमै पहिलो ‘एसोसिएट सदस्य’ बनाउने सम्भावनाबारे अभिव्यक्ति दिएकी थिईन् ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि पछिल्लो समय अमेरिकामाथिको आर्थिक निर्भरता कम गर्न ईयूसँग ‘अद्वितीय र गहिरो गठबन्धन’ निर्माण गर्ने इच्छा व्यक्त गर्दै आएका छन्। वासिङ्टनसँग व्यापारिक र रणनीतिक दूरी बढेसँगै क्यानडाले युरोपसँग आर्थिक तथा रणनीतिक सम्बन्ध मजबुत बनाउन खोजेको देखिन्छ।

प्रस्तावित ‘एसोसिएट सदस्यता’ केवल व्यापारमा मात्र सीमित नभएर ऊर्जा, प्रविधि, एआई, रक्षा तथा अन्य रणनीतिक क्षेत्रहरूको व्यापक सहकार्यमा केन्द्रित गर्ने रणनीति अनुसार अघि सारिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार क्यानडालाई ईयूको एसोसिएट सदस्य बनाउने प्रस्ताव हाल प्रारम्भिक चरणमै छ। ईयूको सन्धिहरूमा यस्तो सदस्यताको आधिकारिक स्वरूप नभएकाले यसको कानुनी अधिकार र दायित्वबारे ईयूका २७ सदस्य राष्ट्रहरू र क्यानडाबीच थप विस्तृत छलफल आवश्यक पर्नेछ।

picture: Hans Lucas | Martin Bertrand/ https://ecfr.eu/

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*