बाढीपहिरोपछि कुन–कुन सडक तथा राजमार्ग छन् अवरुद्ध ?

१६ आश्विन २०८३, शुक्रबार १०:००

काठमाडौँ ।  देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्।

ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरो जाँदा कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएको छ। रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा पनि बाढीपहिरोका कारण सडक अवरुद्ध भएका छन्। मनाङको बेंसीसहर–खाङ्सार सडक बाढीले पूर्ण रूपमा बन्द भएको छ। म्याग्दीको बैसरी र सुकेबगरमा पहिरो खस्दा बेनी–जोमसोम सडक ठप्प भएको छ।

नवलपरासी पूर्वको कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार र बौदीकालीका विभिन्न स्थानमा पहिरो खसे पनि सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको छ। तर ठूला सवारीसाधन भने सञ्चालन हुन सकेका छैनन्।

यस्तै, हुम्लामा पहिरोका कारण कर्णाली करिडोर र सिमकोट–हिल्सा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। खार्पुनाथ, सर्केगार्ड, नाम्खा र सिमकोटका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*