आज प्रतितोला कतिमा किनबेच हुँदैछ सुनचाँदी ?
१८ आश्विन २०८३, आईतवार १०:३२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । यता, प्रति १० ग्राम सुनको मूल्य दुई लाख ५० हजार २६० रुपैयाँ तोकिएको हो ।
यता, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेर प्रतितोला चार हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।











