घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
१९ आश्विन २०८३, सोमबार १०:४९

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम सुनको मूल्य दुई लाख ४९ हजार ९१५ रुपैयाँ तोकिएको हो ।
यता, चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेर प्रतितोला चार हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।











