नारायणगढ–काठमाडौं सडकमा ठूला मालवाहक सवारी चलाउन रोक

२० आश्विन २०८३, मंगलवार १८:१३

काठमाडौं । दसैंको समयमा नारायणगढ–काठमाडौं सडकमा हुने सवारी चापलाई व्यवस्थापन गर्न ठूला मालवाहक सवारीसाधनको आवागमनमा अस्थायी रोक लगाइने भएको छ ।

यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकायको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलरसहित ठूला मालवाहक सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरेको हो । निर्णयअनुसार आगामी २५ असोजदेखि ८ कात्तिकसम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारीसाधन चलाउन पाइने छैन ।

दसैंमा यात्रु ओसार्ने सवारीसाधनको संख्या उल्लेख्य रूपमा बढ्ने भएकाले सडकमा सहज आवागमन कायम गर्न यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

यद्यपि, अत्यावश्यक वस्तुको आपूर्तिलाई प्रभावित नपार्ने गरी खाद्यान्न, औषधि, फलफूललगायत आवश्यक सामग्री बोकेका सवारीसाधनलाई भने रोक लगाइएको अवधिमा पनि सञ्चालन गर्न दिइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*