यस्तो छ आज फलफूल र तरकारीको बजारभाउ

२२ आश्विन २०८३, बिहीबार ०७:५३

काठमाडौं । कालिमाटी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ र स्थानीय काउली ११० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी लाम्चो भन्टा ६० रुपैयाँ र डल्लो भन्टा ७० रुपैयाँ, मकै बोडी १२० रुपैयाँ, घिउ सिमी १०० रुपैयाँ, टाटे सिमी १२० रुपैयाँ, तीते करेला १३० रुपैयाँ, झिगुनी ८० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, ब्रोकाउली ३०० रुपैयाँ र पार्सले २८०० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य निर्धारण भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*