बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
२२ आश्विन २०८३, बिहीबार १०:५२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ५१ हजार ३०० रुपैयाँ तोकिएको हो ।
यता, चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला चार हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।











