भाडा बढेको गुनासोपछि क्यानको पहल, स्वीकृत दरभन्दा सस्तोमा हवाई टिकट बेच्ने सहमति

२२ आश्विन २०८३, बिहीबार १६:३५

काठमाडौं । नजिकिँदो चाडपर्वलाई लक्षित गरी हवाई भाडा बढाइएको गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीहरूसँग छलफल गरेको छ।

बालेन्द्र शाह (बालेन) को निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा भएको छलफलमा स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने र सो भाडादरबारे सम्बन्धित वायुसेवा कम्पनीका बिक्री प्लेटफर्ममा स्पष्ट सूचना राख्ने सहमति भएको छ।

क्यानका अनुसार छलफलमा प्राधिकरण तथा आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी र प्रतिनिधिहरू सहभागी थिए। चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले भाडा वृद्धि भएको गुनासो सम्बोधन गर्न यस्तो सहमति गरिएको हो।

आन्तरिक हवाई सेवाका लागि न्यूनतमदेखि अधिकतमसम्मको भाडादर २०७३ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट निर्धारण गरिएको थियो। सोही स्वीकृत भाडादरलाई आधार बनाएर टिकट बिक्री गर्न वायुसेवा कम्पनीहरू सहमत भएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*