बडादशैं पर्व शुरु, आज जमरा रोपेर घटस्थापना मनाइँदै
२५ आश्विन २०८३, आईतवार ०७:२३

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने दशैंको पहिलो दिन आज २५ गते घटस्थापना मनाइँदै छ। घटस्थापनासँगै घरघरमा जमरा राखेर दुर्गा भवानीको पूजा आराधना गर्ने परम्परा छ।
दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा घरको पूजाकोठा वा विशेष स्थानमा विधिपूर्वक कलश स्थापना गरी जौ छरेर जमरा राखिन्छ। आगामी नौ दिनसम्म नवदुर्गाको पूजा आराधना गरिन्छ। यस अवधिलाई नवरात्रका रूपमा समेत मनाउने गरिन्छ।
दशैंको मुख्य दिन विजयादशमी भने आगामी कात्तिक ४ गते परेको छ। उक्त दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ। विजयादशमीका दिनदेखि सुरु हुने टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म चल्ने परम्परा छ।











