बूढीगण्डकीमा आकस्मिक बाढी आएपछि आरुघाट बजार खाली गराइयो
२५ आश्विन २०८३, आईतवार ०९:३९

काठमाडौं । बूढीगण्डकी नदीमा आकस्मिक रूपमा ठूलो बाढी आएपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै गोरखाको आरुघाट बजार खाली गराइएको छ।
नदीमा लेदो र गेग्रानसहितको ठूलो बाढी आएपछि तटीय क्षेत्रमा जोखिम बढ्ने आशंकामा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो।
नदीको बहाव बढ्दै जाँदा आरुघाट बजारसहित आसपासका नदी तटीय बस्तीमा जोखिम बढ्न सक्ने भएकाले स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
सम्भावित बाढीबाट मानवीय क्षति हुन नदिन जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो।











