बुढीगण्डकीको बाढीबारे मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक जारी
२५ आश्विन २०८३, आईतवार ११:१७

काठमाडौँ । गोरखाको बुढीगण्डकीमा आएको बाढीको अवस्थाबारे छलफल गर्न मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक जारी रहेको छ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा बिहानदेखि जारी बैठकमा बाढीको अवस्थाको निरन्तर अनुगमन तथा विश्लेषण भइरहेको छ। बैठककै क्रममा सम्बन्धित निकायलाई आवश्यक सूचना तथा निर्देशनसमेत दिइँदै आएको छ।
बैठकमा गृह मन्त्रालय, नेपाल मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत कमाण्ड पोष्टका सदस्यहरूको उपस्थिति रहेको छ।











