दशैंमा सामसङको धमाका अफरः एनसेल ग्राहकलाई टिभि, फ्रिज र वासिङ मेसिनमा ३१% सम्म छुट

काठमाडौँ । सामसङ नेपालले एनसेलसँग मिलेर एनसेलका ग्राहकका लागि छानिएका सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा दशैंको विशेष अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले सामसङको चलिरहेको चाडपर्वको अफरमा थप १२% सम्म छुट पाउनेछन्। यसरी दुवै अफरबाट योग्य मोडेलहरूमा कुल ३१% सम्मको लाभ लिन सकिनेछ।
यस सहकार्यले सामसङको चाडपर्वको अफर “Smart Upgrade घरमा, Lucky Surprise चाडमा!” लाई अझै आकर्षक बनाएको छ। यसले एनसेलका ग्राहकलाई यस चाडपर्वमा घरका लागि नयाँ टिभी, फ्रिज वा वासिङ मेसिन अपग्रेड गर्न थप फाइदा दिएको छ।
यो अफर लिन ग्राहकले एनसेल App को Partnered Services सेक्सनमा गएर आफूले पाउने छुट हेर्न सक्छन्। एनसेल प्याकमा गर्ने खर्चका आधारमा प्रत्येक ग्राहकले आफूलाई लागू हुने सामानमा छुटसहितको छुट्टै अफर पाउनेछन्। त्यसपछि अफर कोड लिएर नजिकैको सहभागी सामसङ आधिकारिक डिलरकहाँ गई आफूले चाहेको सामान किन्न सक्छन्।
आफ्नो नजिकैको सहभागी सामसङ स्टोरबारे जानकारी लिन ग्राहकहरूले टोल-फ्री नम्बर 16600172667 वा 9801572667 मा सम्पर्क गर्न सक्छन्। यो अफर 8 अक्टोबरदेखि 16 नोभेम्बर 2026 सम्म लागू हुनेछ। सर्त तथा नियमहरू लागू हुनेछन्।











