बूढीगण्डकीमा बाढीको वितण्डा : ६ पुल र ३५ घर बगायो, १० जना सम्पर्कविहीन

२५ आश्विन २०८३, आईतवार १२:५६

काठमाडौँ । बूढीगण्डकीमा आएको बाढीले दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको छ । बाढीमा परी कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बाढीले बगाएको हो ।

त्यस्तै, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बगेको छ ।

बाढीले माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडोभर्‍याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ ।

बाढीले चुमनुब्री गाउँपालिका–३ अन्तर्गत पैयुँ र बगरका करिब ३५ घर बगाएको छ । बाढीका कारण जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा समेत क्षति पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*