बुढीगण्डकी नदीको बाढीबाट ३६ जनाको उद्धार

२५ आश्विन २०८३, आईतवार १३:११

काठमाडौँ । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित भएका ३६ जनाको नेपाली सेनाले उद्धार गरेको छ। उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौजले विभिन्न प्रभावित क्षेत्रबाट उनीहरूको उद्धार गरेको हो।

नेपाली सेनाका अनुसार जगत इलाकाबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा पायुबाट १२ जनाको उद्धार गरिएको छ। हालसम्म उद्धार गरिएकाको कुल संख्या ३६ पुगेको छ।

बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*