४ हजार ९९९ रुपैयाँमै टेलिकमको फाइबर इन्टरनेट, जडान शुल्क निःशुल्क

३० आश्विन २०८३, शुक्रबार १०:२९

काठमाडौँ । नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९ रुपैयाँमा ३० एमबिपिएस गतिको फाइबर इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको छ।

‘फाइबर टु द होम’ (एफटीटीएच) सेवाअन्तर्गत वाइफाइ ६ प्रविधिमा आधारित नयाँ प्याकेजमा १०० एमबिपिएस गतिको इन्टरनेट तथा टेलिफोन सेवाका लागि वार्षिक ११ हजार ४९९ रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै, १५० एमबिपिएस गतिको प्याकेजका लागि १२ हजार ९९९ रुपैयाँ र २०० एमबिपिएस गतिको प्याकेजका लागि १६ हजार ४९९ रुपैयाँ वार्षिक शुल्क निर्धारण गरिएको छ।

टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार वार्षिक प्याकेज लिने ग्राहकले दैनिक ८०० देखि एक हजार एमबीसम्म मोबाइल डाटा निःशुल्क प्राप्त गर्नेछन्। साथै, नयाँ प्याकेज जडान गर्दा लाग्ने ५०० रुपैयाँ जडान शुल्कसमेत छुट दिइनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*