कुमारी बैंकको नाफा बढ्यो, कस्ता छन् अन्य वित्तीय सूचक?

१५ कार्तिक २०८३, आईतवार ०७:२५

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार बैंकले चालू आवको तीन महीनामा १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

उक्त नाफा गत आवको यसै अवधिको तुलनामा १.७० प्रतिशत बढी हो। बैंकले गत आवको असोज मसान्तसम्म १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकले गत आवको तीन महीनामा २ अर्ब ९१ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा २८.१९ प्रतिशतले घटेर २ अर्ब ९ करोड १२ लाख रुपैयाँमा सीमित हुन पुगेको छ।

यता बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब २१ करोड ५३ लाख रुपैयाँबाट घटेर ३ अर्ब ६७ करोड २० लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा १ अर्ब ४२ करोड ४० लयाख रुपैयाँबाट बढेर १ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै बैंकको प्रतिशेयर आम्दानी १६.११ रुपैयाँबाट बढेर १६.३९ रुपैयाँ पुगेको छ भने खराब कर्जा ६.९८ प्रतिशतबाट बढेर ८.७२ प्रतिशत पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९१ करोड ९९ लाख ऋणात्मकबाट १४ करोड ७१ लाख रुपैयाँ धनात्मक भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १७२.३१ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको यस बैंकको रिटेन्ड अर्निङमा १४ करोड ७१ लाख रुपैयाँ र रिजर्भमा १८ अर्ब ८१ करोड ६० लाख रुपैयाँ सञ्चिति रहेको छ। बैंकले २ खर्ब ९३ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरी ४ खर्ब २८ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*