डिप्रोक्स लघुवित्तको ६३ हजार ५२० कित्ता संस्थापक सेयर बिक्रीमा

१९ कार्तिक २०८३, बिहीबार ०७:४१

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ६३ हजार ५२० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।

संस्थाका संस्थापक सेयरधनी विष्णुप्रसाद न्यौपानेले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि संस्थाले बिक्री प्रक्रिया अघि बढाएको हो।

संस्थाले बिक्रीमा राखिएको सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिएको छ। इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात तथा प्रमाण संलग्न गरी आवेदन दिनुपर्नेछ।

तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि लिखित जानकारी प्राप्त नभएमा अन्य व्यक्तिलाई संस्थापक समूहमा रहने गरी सेयर बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*