कालंगा हाइड्रोको १ लाख ७५ हजार कित्ता शेयरको लकइन अवधि मंसिर २६ गते सकिँदै

१९ कार्तिक २०८३, बिहीबार ०८:२५

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको १ लाख ७५ हजार कित्ता साधारण सेयरको लकइन अवधि आगामी मंसिर २६ गते समाप्त हुने भएको छ।

कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरको लकइन अवधि सकिन लागेको हो। कम्पनीका अनुसार सर्वसाधारणलाई निष्कासन गरिएको सेयरको ५ प्रतिशतबराबर १ करोड ७५ लाख रुपैयाँ अंकित मूल्यका १ लाख ७५ हजार कित्ता सेयर लकइनमा राखिएको थियो।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार उक्त सेयरको लकइन अवधि २०८३ मंसिर २६ गते पूरा हुनेछ। लकइन अवधि समाप्त हुने मितिबारे कम्पनीले आफ्ना सेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालालाई जानकारी गराएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*