पेट्रोल छर्केर आगो लगाइएका चौधरीको उपचारका क्रममा मृत्यु

२९ कार्तिक २०८३, आईतवार ०९:२५

काठमाडौँ । दाङको राजपुर गाउँपालिकामा पेट्रोल छर्केर आगो लगाइएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । राजपुर गाउँपालिका–२ का ४९ वर्षीय रुपलाल चौधरीको आइतबार बिहान नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।

चौधरीको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो । प्रहरीका अनुसार शनिबार दिउँसो राजपुर गाउँपालिका–२ खालगैरामा सोही ठाउँका ३८ वर्षीय त्रिलोक सिंह कार्कीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्की आगो लगाएका थिए ।

आगोले गम्भीर घाइते भएका चौधरीलाई तत्काल लमही अस्पताल पुर्‍याइएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज रिफर गरिएको थियो ।

घटनापछि फरार भएका कार्कीलाई प्रहरीले खोजतलासका क्रममा लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न आरोपित कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*