भीमफेदीमा जिप दुर्घटना : १० घाइते, दुई जनाको अवस्था अचेत

३ मंसिर २०८३, बिहीबार १०:०३

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित भैंसे बजारनजिक आज बिहान जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरू अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हेटौंडाबाट काठमाडौंका लागि छुटेको ना १ ज २१४३ नम्बरको जिप त्रिभुवन राजपथबाट अनियन्त्रित भई राप्ती खोलामा खसेको हो। दुर्घटनालगत्तै स्थानीय र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको छ।

दुर्घटनाको कारण खुल्न सकेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*