तलब तथा ज्याला सूचकाङ्क १०.७५ प्रतिशतले बढ्यो, मधेशमा सबैभन्दा उच्च वृद्धि

३ मंसिर २०८३, बिहीबार १७:४१

काठमाडौँ । २०८३ को असोजमा वार्षिक विन्दुगत तलब तथा ज्याला सूचकाङ्क १०.७५ प्रतिशतले वृद्धि भएको छ । २०८२ को असोजमा यस्तो सूचकाङ्क ४.३५ प्रतिशतले वृद्धि भएको थियो ।

प्रदेशगत रुपमा समीक्षा अवधिमा कोशी प्रदेशको वार्षिक विन्दुगत तलब तथा ज्याला सूचकाङ्कको वृद्धिदर १६.४२ प्रतिशत, मधेश प्रदेशको १६.९४ प्रतिशत, बागमती प्रदेशको १०.२१ प्रतिशत, गण्डकी प्रदेशको २.६६ प्रतिशत, लुम्बिनी प्रदेशको ७.२७ प्रतिशत, कर्णाली प्रदेशको ३.०४ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १२.२९ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*