पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ८४ अर्बको कर्जा प्रवाह, बैंकको निक्षेप ८५ खर्ब नाघ्यो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३।०८४ को पहिलो त्रैमाससम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २.८ प्रतिशत (२ खर्ब ३२ अर्ब ८९ करोड) ले वृद्धि भई ८५ खर्ब ९ अर्ब ८२ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.० प्रतिशत (२ खर्ब १८ अर्ब ७२ करोड) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.७ प्रतिशतले बढेको छ ।
२०८३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.६ प्रतिशत, ४९.३ प्रतिशत र ३४.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ६.५ प्रतिशत, ३८.७ प्रतिशत र ४६.४ प्रतिशत रहेको थियो
२०८३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३२.५ प्रतिशत रहेको छ । २०८२ असोज मसान्तमा यस्तो निक्षेपको अंश ३५.३ प्रतिशत रहेको थियो ।
कर्जा प्रवाहको अवस्था कस्तो ?
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशत (१ खर्ब ८४ अर्ब १९ करोड) ले वृद्धि भई ६० खर्ब ४१ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.५ प्रतिशत (८२ अर्ब ९३ करोड) ले बढेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०८३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ८.३ प्रतिशतले बढेको छ ।
२०८३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ६२.८ प्रतिशत र ३७.२ प्रतिशत रहेको थियो ।
यता, निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा ३.२ प्रतिशत र विकास बैंकहरूको ३.१ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरूको १.२ प्रतिशतले घटेको छ ।
२०८३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६२.७ प्रतिशत रहेको छ । २०८२ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १५.० प्रतिशत र ६४.३ प्रतिशत रहेको थियो ।
तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये खनिज क्षेत्रतर्फको कर्जा १७.८ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रतर्फको कर्जा १२.४ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र र विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रतर्फकोकर्जा१०.७ प्रतिशत, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशत, यातायात, निर्माण क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.३ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ०.७ प्रतिशतले घटेकोछ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये विपन्न वर्ग कर्जा १५.१ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ५.२ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.५ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा २.९ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा २.९ प्रतिशत, आवधिक कर्जा २.६ प्रतिशत, अधिविकर्ष कर्जा १.५ प्रतिशत र हायर पर्चेज कर्जा १.२ प्रतिशतले बढेको छ भने क्यास क्रेडिट कर्जा १.८ प्रतिशतले घटेको छ ।











