आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

९ मंसिर २०८३, बुधबार १५:०४

काठमाडौं । आज बुधबार नेप्से सूचकांक ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा कायम भएको छ । यसदिन सूचीकृत ३५६ कम्पनीहरुको १ करोड ६५ लाख २३ हजार ९७४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १४ करोड ६० लाख ४३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज हिमालयन ऊर्जा विकास कम्पनी, कुमारी बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, एनआईसी एशिया बैंक, हिमालयन पावर पार्टनर, लक्ष्मी सनराइज बैंक, शिवम् सिमेन्ट, सिंगटी हाइड्रो र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर सर्वाधिक किनबेच भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*