मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा
११ मंसिर २०८३, शुक्रबार ०९:३२

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि ७.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
बैंकको मंसिर १० गते बिहीबार बेलुकी ५ बजे बसेको सञ्चालक समितिको ३९२औं बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी ८ अर्ब ३ लाख ८८ हजार ७६७ रुपैयाँको ७.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई यस विकास बैंकको आगामी बीसौं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण गरिनेछ । हाल बैंकले साधारण सभाको मिति तय गरिसकेको छैन ।











