फेरी बढ्दै सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
११ मंसिर २०८३, शुक्रबार १०:४६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ३०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य १२० रुपैयाँले बढेर प्रतितोला तीन हजार १९५ रुपैयाँ कायम भएको छ।











