होल्डिङ सेन्टर खाली गर्न निर्देशनपछि थाल ठटाउँदै सुकुम्बासीको विरोध

११ मंसिर २०८३, शुक्रबार १४:१६

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारबाट हटाइएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवार आन्दोलनमा उत्रिएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि उनीहरू विरोधमा उत्रिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार सूचना जारी गर्दै बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी परिवारलाई शुक्रबार दिउँसो २ बजेभित्र स्थान खाली गर्न निर्देशन दिएको थियो । हाल उक्त होल्डिङ सेन्टरमा १९ परिवारका ५९ जना बस्दै आएका छन् ।

यसअघि मंसिर २ गते एक साताभित्र होल्डिङ सेन्टर छाड्न मौखिक निर्देशन दिइएको थियो । त्यसपछि केही परिवारले उक्त स्थान छाडिसकेका छन् । होल्डिङ सेन्टरमा रहेका परिवारमध्ये ७ परिवारको जग्गाजमिन रहेको पाइएको प्रशासनको सूचनामा उल्लेख छ । त्यस्तै, जग्गाजमिन नभएका १२ परिवारलाई सम्बन्धित पालिकामार्फत जग्गा उपलब्ध गराउने तय भएको जनाइएको छ ।

होल्डिङ सेन्टर खाली गर्न निर्देशन जारी भएपछि शुक्रबारदेखि त्यहाँ बस्दै आएका परिवारलाई खाना उपलब्ध गराउनसमेत बन्द गरिएको छ । दिउँसो १२ बजेसम्म खाना नपाएपछि आक्रोशित उनीहरूले थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*