नेपाल लाइफलाई दक्षिण एसियाली तहको उत्कृष्ट साफा सम्मान

१२ मंसिर २०८३, शनिबार १९:५५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दक्षिण एसियाली तहमा उत्कृष्ट सम्मान प्राप्त गर्न सफल भएको छ । बंगलादेशको राजधानी ढाकामा आज आयोजित दक्षिण एसियाली लेखापाल महासंघ (साफा)ले हरेक वर्ष वितरण गर्ने बार्षिक वित्तीय विवरणमा आधारित ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रविण रमन पराजुलीले उक्त सम्मान आज ग्रहण गरेका हुन् । वित्तीय पारदर्शिता तथा संस्थागत सुशासनका क्षेत्रमा कम्पनीले अन्तर्राष्ट्रिय स्तरको उपलब्धि हासिल गरेको हो । नेपाल लाइफसँगै आईएमई लाइफले पनि सोही पुरस्तकार प्राप्त गरेको छ । सम्मान समारोहको उद्घाटन सत्र साफा सम्मेलनको बंगलादेशका राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीरले गरेका थिए ।

साफाद्वारा आयोजित प्रतिष्ठित ‘साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस् २०२५’ अन्तर्गत जीवन बीमा विधामा नेपाल लाइफले उक्त सम्मान प्राप्त गरेको आयोजक साफाले जनाएको छ ।

साफाले दक्षिण एसियाली मुलुकका विभिन्न संस्थाको वार्षिक प्रतिवेदनमा वित्तीय सूचनाको गुणस्तर, विश्वसनीयता, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा अन्तर्राष्ट्रिय मापदण्डको पालना लगायतका पक्षको मूल्याङ्कन गरी उत्कृष्ट संस्थाहरूलाई सम्मान गर्दै आएको छ ।

साफाबाट सम्मान प्राप्त गरेपछि नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलेले पारदर्शिता, वित्तीय अनुशासन र संस्थागत सुशासनप्रति निरन्तर प्रतिबद्धताको प्रतिफल स्वरुप सम्मानित भएको प्रतिक्रिया दिएको कम्पनीले जनाएको छ ।

साथै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आगामी दिनमा वित्तीय पारदर्शिता, संस्थागत सुशासन, वित्तीय सुदृढता तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता राखेर काम गर्ने कम्पनीले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*