शिखर इन्स्योरेन्सलाई साफाद्वारा सर्टिफिकेट अफ मेरिटबाट सम्मानित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स’ (साफा) द्वारा निर्जीवन बीमा विधामा ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ । आज बंगलादेशको राजधानी ढाकामा आयोजित कार्यक्रममा दक्षिण एसियाकै प्रतिष्ठित अवार्डबाट सम्मानित गरेको हो । उक्त सम्मान कम्पनीका नायब महाप्रबन्धक सुरज राजबाहकले ग्रहण गरेका छन् ।
शिखर इन्स्योरेन्स कम्पनीलाई बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवाड्र्स, इन्टिग्रेटेड रिपोर्टिङ अवाड्र्स तथा कर्पोरेट गभर्नेन्स डिस्क्लोजर २०२५ अन्तर्गत यो.सम्मान् प्राप्त गरेको कम्पनीले जनाएको छ । सम्मान समारोहको उद्घाटन सत्र साफा सम्मेलनको बंगलादेशका राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीरले गरेका थिए ।
दक्षिण एसियाली लेखापाल महासंघद्वारा प्रत्येक वर्ष प्रदान गरिने उक्त अवार्ड निर्जीवन बीमा क्षेत्रबाट शिखर इन्स्योरेन्सलाई सम्मान गरिएको हो । कम्पनीले लगातार दोस्रो वर्ष साफाबाट यो प्रतिष्ठित सम्मान प्राप्त गर्न सफल भएको छ । शिखर इन्स्योरेन्सले यही सम्मान सन् २०२४ मा पनि प्राप्त गरेको थियो ।
साफाको ‘कमिटी फर इम्प्रुभमेन्ट इन ट्रान्सपरेन्सी, अकाउन्टेबिलिटी एन्ड गभर्नेन्स’ द्वारा आयोजित यो अवार्ड दक्षिण एसियाकै कर्पोरेट प्रतिवेदन क्षेत्रको एक प्रतिष्ठित सम्मान मानिन्छ। यस अवार्डका लागि दक्षिण एसियाभरका कम्पनीहरूको वार्षिक प्रतिवेदनलाई वित्तीय प्रतिवेदनको गुणस्तर, विवरण खुलाउने गहिराइ, संस्थागत सुशासन तथा सेयरधनी र सर्वसाधारणमाझ कम्पनीले प्रस्तुत गर्ने स्पष्टताका आधारमा मूल्याङ्कन पश्चात शिखरलाई उक्त सम्मान गरिएको हो ।











