प्रभु महालक्ष्मी लाइफको सर्वश्रेष्ठ आजीवन बीमा योजनामा बीमितले के–के सुविधा पाउँछन् ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ‘सर्वश्रेष्ठ आजीवन बीमा योजना’ ल्याएको छ । कम्पनीले आफ्ना बीमितहरुको सहज र सरल सुविधाका लागि यो बीमा योजना ल्याएको जानकारी दिएको छ ।
कम्पनीले भविष्यमा आइपर्न सक्ने आर्थिक अनिश्चितताको जोखिम न्यूनिकरण गर्न तत्पर रहेको जनाएको छ । बीमा अवधिमा मात्र होइन बीमा अवधि समाप्ति पछि पनि जोखिम बहन हुने बीमा योजना हो प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सर्वश्रेष्ठ आजीवन बीमा योजना । आफू हुँदा आफूलाई र आफू पछि आफ्नालाई हुने सर्वश्रेष्ठ आजीवन बीमा योजनाबाट बीमा अवधि समाप्ति पछि पनि निरन्तर आर्थिक जोखिम बहन गर्ने हुनाले कम्पनीले यसको नामाकरण नै ‘सर्वश्रेष्ठ’ छनोट गरेको कम्पनीले जनाएको छ ।
सुविधाहरुः
सर्वश्रेष्ठ आजीवन बीमा योजनामा बीमा अवधिसम्म बीमित जीवित रहेमा बीमालेख अन्तर्गतको बीमाङ्क रकम तथा आर्जीत बोनस समेत एकमुष्ट बीमित स्वयंलाई भुक्तानी गरिनेछ । बीमा अवधि समाप्ति पश्चात बीमाशुल्क भुक्तानी गरिरहनु नपर्ने तर जोखिम बहन निरन्तर चलि रहनेछ । बीमा अवधि भित्र बीमितको असामहिक निधन भएमा बीमाङ्क रकम तथा उक्त अवधिसम्म आर्जीत बोनस इच्छाइएको व्यक्तिलाई एकमुष्ट भुक्तानी गरिनेछ । बीमा अवधि समाप्ति पश्चात पनि कुनै समयमा बीमितको असामहिक निधन भएमा इच्छाइएको व्यक्तिलाई एकमुष्ट बीमाङ्क रकम भुक्तानी गरिनेछ । यदि ८४ वर्षसम्म बीमित जीवित रहेमा ८४ वर्ष पुगेको जन्मोत्सवमा बीमित स्वयंलाई नै एकमुष्ट बीमाङ्क रकम पुनः भुक्तानी गरिनेछ । बीमालेख अन्तर्गतको कम्तिमा ३ वर्षको बीमाशुल्क भुक्तानी भई ३ वर्ष पुगे पश्चात बीमालेख अन्तर्गत ऋण तथा समर्पण सुविधा प्राप्त गर्न सकिनेछ । बीमालेख अवधि समाप्तिसम्म पूर्ण रुपमा चालु रही बीमा अवधि समाप्तिमा बीमाङ्क र आर्जित बोनस प्राप्त गरे पश्चात समेत बीमित ८४ वर्ष नपुगञ्जेल कुनै पनि समयमा समेत ऋण तथा समर्पण सुविधा प्राप्त गर्न सकिने छ ।
मुख्य विशेषताहरूः
१८ वर्ष देखि ६५ वर्ष उमेर समुहका व्यक्ति यो जीवन बीमा योजनामा सरिक हुन सक्नेछन् । न्यूनतम रु.५०,०००/– देखि अधिकतम रु.२५,००,००,०००/– सम्मको बीमाङ्क रकमको बीमा गर्न सकिने छ । यस जीवन बीमा योजना ५ वर्ष देखि ३० वर्ष बीमा अवधि छनोट गर्न सकिनेछ । बीमा अवधि समाप्तिमा अधिकतम उमेर ७० वर्ष तोकिएको छ ।
सर्वश्रेष्ठ आजीवन बीमा योजना एकल, वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्न सकिने छ ।
यस जीवन बीमा योजनामा बीमाशुल्क भुक्तानी तरिका छनोटको आधारमा प्रिमियम घटबढ हुनेछ । जस अनुसार अर्धवार्षिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्दा १ प्रतिशत थप लाग्नेछ । त्रैमासिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्दा २ प्रतिशत थप लाग्नेछ भने मासिक बीमाशुल्क भुक्तानी तरिका छनोटमा ३ प्रतिशत थप लाग्नेछ ।
साथै यस योजनामा बीमाङ्क रकमको आधारमा पनि छुटको व्यवस्था गरिएको छ । बीमाङ्क रकम रु.२,००,००१/– देखि रु.५०,००,०००/–सम्मका बीमालेखमा रु.०.२५ प्रतिहजार छुट गरिएको छ । त्यसैगरी बीमाङ्क रकम रु.५०,००,००१/– देखि माथि बीमालेखमा रु.०.५० प्रतिहजार छुट गरिएको छ ।
ऐच्छिक सुविधाहरुः
दुर्घटना मृत्यु लाभ (एडीबी)
बीमाङ्क रकम बराबर वा बढिमा रु.१,००,००,०००/– बीमाङ्क सम्मको दुर्घटना मृत्यु लाभ (एडीबी) ऐच्छिक सुविधा लिन सकिनेछ ।
पूर्ण तथा स्थायी अपाङ्ग असक्त सुविधा (पीटीडी) तथा बीमाशुल्क छुट सुविधाः
बीमाङ्क रकम बराबर अथवा बढिमा रु.१,००,००,०००/– बीमाङ्क सम्मको पूर्ण तथा स्थायी अपाङ्ग अशक्त सुविधा (पीटीडी) तथा बीमाशुल्क छुट सुविधा (पीडब्लु) लिन सकिनेछ ।
घातक रोग रक्षावरण सुविधा सीआईः
बीमाङ्क रकम बराबर अथवा बढिमा रु.५०,००,०००/– बीमाङ्क सम्मको घातक रोग रक्षावरण सुविधा (सीआई) लिन सकिनेछ ।
उदाहरणः
यदि ३० वर्षको व्यक्तिले १५ वर्ष अवधि रु.१०,००,०००/– को बीमा गर्दा एकल भुक्तानी छनोटमा रु.९,७१,६२०/–, वार्षिक प्रिमियम भुक्तानी छनोटमा रु.७८,८५०/– वार्षिक प्रिमियम, अर्ध वार्षिक प्रिमियम भुक्तानी छनोटमा रु.३९,८१९/– अर्ध वार्षिक प्रिमियम, त्रैमासिक प्रिमियम भुक्तानी छनोटमा रु.२०,१०७/– त्रैमासिक प्रिमियम र मासिक प्रिमियम भुक्तानी छनोटमा रु.६,७६८/– मासिक प्रिमियम भुक्तानी गर्नु पर्ने हुन्छ ।
दुर्घटना मृत्यु लाभ (एडीबी) सुविधा थप गर्दा एकल भुक्तानी छनोटमा रु.९,९२,६२०/–, वार्षिक प्रिमियम भुक्तानी छनोटमा रु.८०,८२०/– वार्षिक प्रिमियम, अर्ध वार्षिक प्रिमियम भुक्तानी छनोटमा रु.४०,८१४/– अर्ध वार्षिक प्रिमियम, त्रैमासिक प्रिमियम भुक्तानी छनोटमा रु.२०,६०९/– त्रैमासिक प्रिमियम र मासिक प्रिमियम भुक्तानी छनोटमा रु.६,९३७/– मासिक प्रिमियम भुक्तानी गर्नु पर्ने हुन्छ ।
पूर्ण तथा स्थायी अपाङ्ग असक्त सुविधा (पीटीडी) तथा बीमाशुल्क छुट सुविधा (पीडब्लु) पनि थप गर्दा एकल भुक्तानी छनोटमा रु.१०,०२,१८०/–, वार्षिक प्रिमियम भुक्तानी छनोटमा रु.८२,०००/– वार्षिक प्रिमियम, अर्ध वार्षिक प्रिमियम भुक्तानी छनोटमा रु.४१,४१०/– अर्ध वार्षिक प्रिमियम, त्रैमासिक प्रिमियम भुक्तानी छनोटमा रु.२०,९१०/– त्रैमासिक प्रिमियम र मासिक प्रिमियम भुक्तानी छनोटमा रु.७,०३८/– मासिक प्रिमियम भुक्तानी गर्नु पर्ने हुन्छ । र माथि उल्लेखित सबै ऐच्छिक सहित घातक रोग उपचार खर्च (सीआई) सुविधा थप गर्दा एकल भुक्तानी छनोटमा रु.१०,२७,२७०/–, वार्षिक प्रिमियम भुक्तानी छनोटमा रु.८४,४५०/– वार्षिक प्रिमियम, अर्ध वार्षिक प्रिमियम भुक्तानी छनोटमा रु.४२,६४७/– अर्ध वार्षिक प्रिमियम, त्रैमासिक प्रिमियम भुक्तानी छनोटमा रु.२१,५३५/– त्रैमासिक प्रिमियम र मासिक प्रिमियम भुक्तानी छनोटमा रु.७,२४९/– मासिक प्रिमियम भुक्तानी गर्नु पर्ने हुन्छ ।
मूल बीमालेखमा घातक रोग उपचार खर्च (सीआई) सुविधा मात्र थप गर्दा एकल भुक्तानी छनोटमा रु.९,९६,७१०/–, वार्षिक प्रिमियम भुक्तानी छनोटमा रु.८१,३००/– वार्षिक प्रिमियम, अर्ध वार्षिक प्रिमियम भुक्तानी छनोटमा रु.४१,०५७/– अर्ध वार्षिक प्रिमियम, त्रैमासिक प्रिमियम भुक्तानी छनोटमा रु.२०,७३२/– त्रैमासिक प्रिमियम र मासिक प्रिमियम भुक्तानी छनोटमा रु.६,९७८/– मासिक प्रिमियम भुक्तानी गर्नु पर्ने हुन्छ ।
सर्वश्रेष्ठ आजीवन बीमा योजना सावधिक तथा आजीवन जीवन बीमा योजना हो । बीमा अवधिसम्म मात्र होइन बीमा अवधि पश्चात पनि आर्थिक जोखिम बहन हुने यो जीवन बीमा योजनाको मुख्य विशेषता हो । बीमा अवधि समाप्ति पछि पनि आफूलाई आवश्यक परेको खण्डमा भविष्यमा प्राप्त हुने बीमाङ्क रकमको बर्तमान महत्व ऋण र समर्पणको सुविधा पनि लिन सकिने उत्कृष्ट विशेषता यस बीमा योजनामा भएको कारण तथा ८४ वर्षसम्म ढुक्कले बाच्न प्रेरित गर्ने यस योजनाले बीमा अवधि समाप्ति पश्चात पनि आर्थिक जोखिम बहनलाई निरन्तरता दिन्छ भने, बीमाशुल्क बीमा अवधिसम्म मात्र भुक्तानी गरे पुग्छ । त्यसैले जीवनभरको आर्थिक जोखिम बहन गरि आफू र आफ्नाका जीवनभर (८४ वर्षसम्म) जोखिम बहन गर्ने ‘सर्वश्रेष्ठ आजीवन बीमा योजना’ छनोट उपयुक्त हुनेछ ।













Malai ni garnu tyo hjr ko office kun area ma xa