छठ पर्वमा पनि राहदानी विभाग खुला रहने
२७ कार्तिक २०८३, शुक्रबार १७:०१

काठमाडौ । छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभाग भने सोमबार अर्थात् कात्तिक ३० गते खुला रहने भएको छ ।
सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको राहदानी विभागले जानकारी दिएको छ।
उक्त दिन पनि विभागले नियमित कार्यदिनमा जस्तै बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म राहदानीसम्बन्धी सेवा प्रदान गर्ने भएको छ। छठ पर्व मनाउने विभागका कर्मचारीलाई भने सोमबार बिदा दिइएको विभागले जनाएको छ।











