जीवन बीमा कम्पनीहरुको नवीकरणबीमा शुल्क आर्जन ५% ले बढ्दा राष्ट्रिय जीवन बीमाको व्यवसाय खस्कियो, अन्यको अवस्था कस्तो? (सूचीसहित)

काठमाडौं । बीमा कम्पनीहरुको नवीकरणबीमा शुल्क आर्जन ५.२४ प्रतिशतले बढेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा कम्पनीहरुले गत आवको मंसिर महिनासम्म ४८ अर्ब २४ करोड ५३ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेका थिए भने चाल आवको सोही अवधिसम्म ५० अर्ब ७७ करोड ३८ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेका हुन् ।
नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक १४ अर्ब १७ करोड १७ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले गत वर्षमा १४ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको नवीकरणबीम शुल्क आर्जन ५.१० प्रतिशतले बढेको हो ।

Source: Nepal Beema Pradhikaran
यता लाइफ इन्स्योरेन्स कर्पाेरेशनले ६ अर्ब ११ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ । यस कम्पनीले गत वर्षमा ६ अर्ब १८ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको थियो । जुन १.२४ प्रतिशतले घटेको हो । त्यस्तै, हिमालयन लाइफको नवीकरणबीमा शुल्क आर्जन १७.६१ प्रतिशतले बढेको छ । नेशनल लाइफको ६.४९ प्रतिशतले बढ्दा राष्ट्रिय जीवन बीमा कम्पनीको भने १९.१२ प्रतिशतले घटेको छ ।












