नेशनल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

२३ माघ २०८०, मंगलवार १०:१०

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको माघ २२ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी (एक अर्ब ८ करोड ४२ लाख ६ हजार २१९ रुपैयाँ)  को १५ प्रतिशत (१६ करोड २६ लाख ३० हजार ९३२ रुपैयाँ) का दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीले घोषणा गरेको लाभांशमध्ये ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीलाई वितरण गरिनेछ।

One thought on “नेशनल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

  1. Ram Dayal Pal says:

    KrishnaNagar 11 Ramnagar kapilvastu nepal

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*