पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौंको मेयरमा उम्मेदवारी दिने
२ मंसिर २०८३, बुधबार १२:३६

काठमाडौं । पूर्व शिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद सुमना श्रेष्ठले अब हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिंदै आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रुपान्तरणका लागि समर्पित गर्दै काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दिने बताएकी हुन् ।
उनी यसअघि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद चुनिएकी थिइन् । उनले तत्कालीन पुष्प कमल दाहाल (प्रचण्ड) नेतृत्वको मन्त्रिमण्डलमा रहेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएकी थिइन् । पछि उनले रास्वपाबाट राजीनामा दिइकी थिइन् ।











