आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज नेप्से ११.०५ अंकले घट्दा २६२५.०५ को विन्दुमा कायम हुन पुगको छ भने यसदिन ४ अर्ब १५ करोड ४९ लाख २५ हजार रुपैयाँ बराबरको कुल शेयर कारोबार भएको छ।
आज रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सेन्ट्रल फाइनान्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सुपर मादी हाइड्रोपावर लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेडको शेयर सर्वाधिक किनबेच भएको छ ।
त्यसपछि श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, एनआईसी एसिया बैंक लिमिटेड, शिवम् सिमेन्ट्स लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको शेयरमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिएको छ।











